Logo

समाचार

किमकी बहिनीले दिइन् अमेरिकालाई चेतावनी 



उत्तर कोरियाली नेता किम जङ-अनकी प्रभावशाली बहिनीले अमेरिकालाई ‘दुर्गन्ध ननिकाल्न’ चेतावनी दिएकी छन् । किम यो-जङले अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो कोरियाली नीति सार्वजनिक गर्ने तयारी गरिरहँदा यस्तो बताएकी हुन् । सरकारी सञ्चारमाध्यमका अन्तर्वार्ता दिँदै उनले अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको पनि आलोचना गरिन् ।

अमेरिकी सरकारले उत्तर कोरियासँग कूटनीतिक सम्पर्कका लागि हप्तौँदेखि प्रयास गरे पनि त्यो सफल नभएको बताएको छ । उत्तर कोरियाले अहिलेसम्म बाइडनको कार्यकाल सुरु भएको विषयमा बोलेको छैन ।

‘समुद्र पारिबाट हाम्रो जमिनमा बारुदको गन्ध फैलाउन सङ्घर्ष गरिरहेको अमेरिकाको नयाँ प्रशासनलाई एउटा सुझावस् आउने चार वर्ष शान्तिपूर्वक जिउने इच्छा छ भने पहिलो चरणमै दुर्गन्ध फैलाउने कामबाट परै रहनु ठिक,’ उनलाई उद्धृत गर्दै रोडोङ सिन्मून पत्रिकाले लेखेको छ । बीबीसी

 

प्रकाशित मिति : चैत्र ३, २०७७ मंगलबार  ३ : ५४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।