मंगलबार अधिकांश समय राताम्मे रहेको नेप्से परिसूचक कारोबार बन्द हुने समयमा भने सकारात्मक देखिएको छ । शेयरबजार परिसूचक नेप्से मंगलबार २ दशमलव ५६ अंकले बढेर २ हजार ३ सय ९१ दशमलव ७४ अंकको विन्दुमा बन्द भएको छ । त्यस्तै क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि ० दशमलव ४४ अंकले बढ्दै ४ सय ३० दशमलव ४९ अंकको विन्दुमा कारोबार बन्द भएको छ ।
मंगलबार २ सय १६ कम्पनीको ४६ हजार ५ सय ४० पटकको कारोबारमा ९० लाख १२ हजार ८ सय ५३ कित्ता शेयरको खरिद विक्री हुँदा ३ अर्ब ३७ करोड ५६ लाख ९९ हजार ३ सय ३९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
समूहगत परिसूचक मध्य १३ समूहको कारोबार भएकोमा ७ समूहको परिसूचक सकारात्मक रहेका छन् भने बाँकि ६ समूहको परिसूचक नकारात्मक रहेका छन् ।
समूहगत परिसूचक मध्य व्यापार, जलविद्युत र अन्य समूहको परिसूचक १ प्रतिशत भन्दा धेरैले घटेका छन भने विकाश बैंक, निर्जीवन बीमा, र म्यूचल फन्ड समूहको परिसूचक १ प्रतिशत भन्दा थोरैले घटेका छन् ।
बढेर बन्दहुने समूहगत परिसूचक मध्य होटल्स् र पर्यटन समूहको परिसूचक सर्वाधिक ३.३६ प्रतिशतले बढेको छ भने जिवन बीमा समूहको परिसूचक १ दशमलव ४६ प्रतिशतले बढेको छ । बाँकि ५ समूहको परिसूचक भने १ प्रतिशत भन्दा थोरैले बढेका छन् ।
मंगलबार पनि चन्द्रागीरी हिल्ससँगै जोशी हाइड्रोपावर, घम्लेदी हाइड्रो, ग्रिन लाईफ हाइड्रो र खानीखोला हाइड्रोको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै राष्ट्रिय बीमा कम्पनी लिमीटेडको शेयर मूल्य सर्वाधिक ८ दशमलव ८१ प्रतिशत अर्थात १ हजार ३ सय ६३ रुपैयाँले घटेको छ ।
मंगलबार नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक १९ करोड ३८ लाख ७९ हजार ८ सय ८४ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट गो्रथ फन्ड २ को सर्वाधिक १२ लाख ३२ हजार ८ सय कित्ता शेयरको खरिद विक्री भएको छ ।
प्रतिक्रिया