अभिनेत्री बर्षा सिवाकोटीको मुख्य भूमिका रहने फिल्म ‘ए साथी सुन’ को छायाँकन सुरु भएको छ । मंगलबार हेटौडाबाट फिल्मको छायाँकन सुरु भएको हो । अभिनेत्री बर्षाले क्ल्याप बोकेको एक तस्बिर सार्वजनिक गर्दै फिल्मको छायाँकन सुरु भएको जानकारी दिएकी छन् । बिना कार्कीको निर्माण रहने फिल्ममा बर्षाको अलवा नव अभिनेता रमेश बानियाँको मुख्य भूमिका रहनेछ ।
इभान इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा विना कार्कीको निर्माणमा बन्ने चलचित्रमा वर्षा र डेब्यु कलाकार रमेश बानियाँको जोडी बाँधिने छ । अन्य कलाकारहरू जयनन्द लामा, सुशील पोख्रेल, रमेश अधिकारी, प्रतीक्षा शाह चन्द, सुभाष शाहलगायत रहनेछन् । चलचित्र राम राघव आचार्यले निर्देशन गर्दै छन् ।
सुदिप कुँवरको मुख्य सहायक निर्देशन रहने चलचित्रको छायाङ्कन मानकृष्ण महर्जनले गर्दै छन् । चलचित्रमा किरण भुजेल र अन्जु पन्तको पार्श्व गायन छ । चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी र कुमार महर्जनको द्वन्द्व निर्देशन छ ।
प्रतिक्रिया