Logo

प्रमुख समाचार

राजदूतमा दिनेश खनाल नै किन ?



प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले सत्ता सम्हालेको केही दिन नबित्दै पूर्ववर्ती सरकारले नियुक्त गरेका विभिन्न देशका राजदूतलाई फिर्ता बोलायो । मन्त्रिपरिषदले पूर्णता पाएपछि त्यसलगत्तै नयाँ राजदूत पठाउने रणनीतिमा देउवा सरकार छ । तर, भागबण्डामा कुन दलको सिफारिसमा कहाँ कसलाई पठाउने भन्ने ठोस निर्णय भने आइसकेको छैन ।

यतिबेला राजदूतमा नियुक्त हुन विभिन्न व्यक्ति आफूनिकटमा रहेर शक्तिकेन्द्र धाउने गरेका छन् । विश्वका धेरै देशले राजदूतमा युवा र त्यस देशसँग जानकार व्यक्तिलाई नै पठाउने गर्छन् । तर, नेपालले भने जानकार ब्यत्तिहरु राजदूतमा नियुक्ति गर्न सकेको छैन त्यो विगतले बताइरहेको छ । अहिले छिमेकी मुलुकहरु भारत, चीन तथा अमेरिकाका लागि राजदूत हुनका लागि लागि भने पुरानै अनुहार र उमेर ढल्केका बुढाहरु नै लागि परिरहेका छन् ।

छिमेकी राष्ट्र चीनका लागि राजदूत बन्नका लागि उमेर ढल्किएका र अल्जाईमरले छोइसकेका बृद्धहरु खुमलटार र बुढानिलकण्ठ धाउने गरेका छन् ।

जसले चीनको कुनै जानकार वा त्यस देशसँगको भाषा, भेषमूसा, संस्कृति, रहन सहन लगायतका विषयमा जानकार नै राख्दैनन् जो जानकार छन् तिनिहरको राजदुत हुने अबसर मिलेको छैन । राजदुत बनाएर पठाउदा त्यस्ता व्यक्तिलाई राजदूत नियुक्ति गर्दा देशले चाहे अनुरुपमा परराष्ट्र नीति र परराष्ट्र सम्वन्धलाई स्थापित गर्न सक्दैनन् । बिगत २५ वर्ष देखि चिनिया भाषा शिक्षा लिएका र चीनको राजनीति, आर्थिक, सामाजिक एवं सांस्कृतिक रहन सहन मात्र नभएर त्यो देशको भाषामा समेत अव्वल रहेका चीनका जानकार युवा दिनेश खनाललाई चीनको राजदूत बनाउन आवश्यक देखिएको छ ।

नेपालले राजदूत छान्दा युवा खनाल जतिकै योग्य र सम्वन्धित बिषयमा जानकार भएको व्यक्तिलाई राजदूत नियुक्ति गर्न सके नेपाल र चीन दुवै देशको सम्वन्ध प्रभावकारी हुन सक्ने देखिन्छ । वर्तमान सरकारले पनि चीनको राजदूतमा पुराना पुस्तालाई नभई नयाँ तथा युवा दिनेश खनाललाई नियुक्त गरिएको खण्डमा दुई देशको कुटनीतिक सम्बन्धको साथ साथै आर्थिक क्षेत्रमा पनि उल्लेख्य सफलता हासिल गर्न सकिन्छ ।

प्रकाशित : २५ आश्विन २०७८, सोमबार