Logo

अन्तर्राष्ट्रिय

महँगी बढेपछि कम खान मन्त्रीको सल्लाह



काठमाडौं । पाकिस्तानमा महँगी बढेपछि एक मन्त्रीले कम खान नागरिकलाई सल्लाह दिएका छन् । पाकिस्तान प्रशासित कश्मीर र गिलगित बाल्टिस्तान मामलाका संघीय मन्त्री अली अमीन गन्डापुरले बढ्दो महँगीका कारण नागरिकलाई चियामा कम चिनी र रोटी कम खान सल्लाह दिएका हुन् ।

उनले पाकिस्तान प्रशासित कश्मीरमा आयोजित एक सभामा सम्बोधन गर्दै यसो भनेका हुन् । भाषणका क्रममा महँगीबारे टिप्पणी गर्दै उनले भने, यदी चियामा १०० दाना चिनी राख्ने गरेकोमा ९ दाना कम राख्दा के त्यो कम मिठो हुन्छ होला र ?

देशका लागि र आत्मनिर्भरताका लागि केही त्याग गर्नु पर्ने उनको भनाइ छ । के हामी आफ्नो देशका लागि र आत्मनिर्भरताका लागि यति पनि गर्न सक्दैनौ तरु यदी मैले यसवटा रोटी बनाउने ठाउँमा ९ वटा कम गर्न सक्दिन उनले प्रश्न गरे । एजेन्सी

प्रकाशित मिति : आश्विन २७, २०७८ बुधबार  १० : ५३ बजे

516
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।