Logo

प्रमुख समाचार

अन्धविश्वासको प्रतिफल : सर्पको टोकाइमा झाँक्रीले फुक्दा अर्का झाँक्रीको मृत्यु



ताप्लेजुङ । ताप्लेजुङमा सर्पले टोकेपछि झाँक्रीको लगेर फुकफाक गराउँदा अर्का झाँक्रीको मृत्यु भएको छ । फुङलिङ–९ हाङदेवाका २५ वर्षीय झाँक्री कृष्णबहादुर घतानीको सर्पको टोकाईबाट मृत्यु भएको हो ।

भाइरल झाँक्रीको रुपमा परिचय बनाएका उनलाई गएराति घरमै सर्पले टोकेको थियो । सर्पले डस्नासाथ घतानीलाई अस्पतालमा नलगी अर्का झाँक्रीकोमा लगिएको थियो । त्यहाँ झारफुक गर्दा अवस्था झन गम्भीर भएपछि मात्रै अस्पताल लगिएको लगिएको थियो । जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार बिहान घतानीको मृत्यु भएको हो ।

‘धामीको भर पर्दा अस्पताल लैजान ढिला हुनाले घतानीको मृत्यु भएको पाइएको छ । त्यससँगै दसैंको टीकाको दिन भएकाले एम्बुलेन्स पनि समयमा नपाउनाले घतानीलाई बचाउन नसकिएको हो । मृतक घतानी आफैं पनि घरमा थान स्थापना गरेर झारफुक गर्थे ।

प्रकाशित मिति : आश्विन ३०, २०७८ शनिबार  ३ : २४ बजे

564
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।