Logo

प्रमुख समाचार

पूर्वन्यायाधीश फोरमको सांकेतिक भाषा, प्रधानन्यायाधीश जबराले राजीनामा दिनु वान्छनीय



पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायिक मूल्य र मान्यता समाप्त हुने गम्भीर गतिविधि गरेको भन्दै घुमाउरो भाषामा राजीनामा दिनुपर्ने बताएको छ । पूर्वन्यायाधीश फोरमले शुक्रबार एक अवधारण पत्र सार्वजनिक गर्दै प्रधानन्यायाधीश जबराले अदालतको न्यायिक मूल्य र मान्यता समाप्त हुने गम्भीर खतरा उत्पन्न गरेका कारण निकास दिनुपर्ने भन्दै सांकेतिक रुपमा राजीनामा दिन भनेको हो ।

फोरमका अध्यक्ष टोपबहादुर सिंहले काठमाडौंमा आयोजित कार्यक्रममा पेश गरेको न्यायपालिकाको वर्तमान स्थितिको विश्लेषण विषयक अवधारणा पत्रमा न्यायालयको गरिमा, विश्वसनीयता, जनआस्था र स्वतन्त्रता जोगाउन प्रधानन्यायाधीश जबरा स्वयंले निकास दिनु वान्छनीय र अनिवार्य हुने उल्लेख गरिएको छ ।

तर प्रधानन्यायाधीले न्यायपालिकाको पक्षमा उदारता नदेखाएमा प्रतिनिधिसभाले आफ्नो संवैधानिक कर्तव्य पूरा गर्नुपर्ने पूर्वन्यायाधीश फोरमले बताएको छ ।

‘‘न्यायपालिकाको गरिमा, विश्वसनीयता, जनआस्था र स्वतन्त्रता जोगाउनका लागि प्रधानन्यायाधीश स्वयंले निकास दिनु यथोचित हुनसक्छ । यो वान्छनीय र अनिवार्य पनि देखिएको छ’ उक्त अवधारणापत्रमा भनिएको छ, ‘तर प्रधानन्यायाधीशबाट न्यायपालिकाको पक्षमा उदारता देखाइएन भने प्रधानन्यायाधीशको सम्बन्धमा उठेका सम्पूर्ण विवादहरुको निष्पक्ष छानबिनका लागि प्रतिनिधिसभाले आफ्नो संवैधानिक संवैधानिक कर्तव्य पूरा गर्न अग्रसर हुनका लागि हामी आह्वान गर्दछौं ।’

प्रधानन्यायाधीशले संवैधानिक परिषद अध्यादेशसम्बन्धी विवादको सुनुवाइ अघि बढाउन नसकेको, पेशी व्यवस्थापनमा गोलाप्रथा लागू नगरेको, मन्त्रालय बाँडफाँटमा भाग खोजेको घटनाले न्यायालयको गरिमा घटनाले पूर्वन्यायाधीश फोरमले बताएको छ ।

हेर्नुहोस् पूर्वन्यायाधीश फोरमको अवधारणापत्र

प्रकाशित मिति : कार्तिक ५, २०७८ शुक्रबार  ३ : ३१ बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।