Logo

समाचार

कोरोना अपडेटः ‘कोभिड १९’ बाट विश्वमा आठ लाख ७३ हजार भन्दा बढीको मृत्यु



विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ७३ हजार २८५ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले शुक्रबार जानकारी दिएको छ । 

सो संगठनका अनुसार विश्वमा दुई करोड ६४ लाख ७५ हजार ५६८ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित एक करोड ८६ लाख ६५ हजार ७३७ व्यक्ति कोरोना मुक्त भएका छन् ।

हाल विश्वमा ६९ लाख ३६ हजार ५४६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरु मध्ये ६० हजार ७८५ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसे

म्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।   
कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।  

अमेरिकामा ६३ लाख ३५ हजार २४४ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ३५ लाख ७५ हजार  ९६ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९१ हजार ५८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

ब्राजिलमा ४० लाख ४६ हजार १५० जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३२ लाख ४७ हजार ६१० कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख २४ हजार ७२९ जनाको मृत्यु भएको छ ।  

भारतमा ३९ लाख ३६ हजार ७४७ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ  ३० लाख ३७ हजार १५१ कोरोना भाइरस मुक्त भएका छन् भने ६८ हजार ५६९ जनाको मृत्यु भएको छ । 

रुस १० लाख ९ हजार ९९५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन । यहाँ ८ लाख २६ हजार ९३५ कोरोना भाइरस मुक्त भएका छन् भने १७ हजार ५२८ जनाको मृत्यु भएको छ । 

पेरुमा ६ लाख ७० हजार १४५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ८ लाख ८९ हजार ८८६ जना कोरोना भाइरस मुक्त भएका छन् भने २९ हजार ४०५ जनाको मृत्यु भएको छ ।

कोलम्बिया ६ लाख ४१ हजार ५७४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ८ लाख ८९ हजार  १५१ कोरोना भाइरस मुक्त भएका छन् भने २० हजार ६१८ जनाको मृत्यु भएको छ । 

दक्षिण अफ्रिकामा ६ लाख  ३३ हजार १५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ५४ हजार ८८७ कोरोना भाइरस मुक्त भएका छन् भने १४ हजार ५६३ जनाको मृत्यु भएको छ । 

मेक्सिकोमा ६ लाख १६ हजार ८९४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख  ३० हजार २८७ कोरोना भाइरस मुक्त भएका छन्  भने ६६ हजार  ३२९ जनाको मृत्यु भएको छ । 

स्पेनमा ४ लाख  ८८ हजार  ५१३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार २३४ जनाको मृत्यु भएको छ । 
अर्जेन्टिना ४ लाख ५१ हजार १९८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ३ लाख २२ हजार  ४६१ कोरोना भाइरस मुक्त भएका छन् भने ९ हजार  ३६१ जनाको मृत्यु भएको छ । 

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ८ : ०६ बजे