Logo

पूर्व–पश्चिम राजमार्गमा ठूला ठूला खाडलहरु टालटुल पारेको भोलिपल्टै पुनःक्षतविक्षत



सर्लाही स्थित पूर्व–पश्चिम राजमार्गमा बनेका ठूला ठूला खाडलहरु टालटुल पारेको भोलिपल्टै पुनः उस्तै गरी क्षतविक्षत भएको छ। गत मंगलबार दिनभर नयाँरोड, हरिवन, बाँसाटोल, तीनघरे लगायत पूर्व–पश्चिम राजमार्गमा बनेका खाडलहरुमा अलकत्राले मुछेको गिट्टी हालेर टालटुल पारिएको थियो। तर बुधबारसाँझ देखि नै पुनः ती खाडलहरु भत्केपछि राजमार्ग पुनः कुरुप बनेको छ।

दैनिक हजारौं सवारी साधन गुड्ने मुलुककै मुख्य पूर्व–पश्चिम राजमार्ग भत्केर ठूला–ठूला खाडलहरु बनेको छ। महिनौंदेखि बनिरहेको खाडलहरु पुर्नका लागि प्रभावकारी ढंगले काम नहुँदा यातायात आवागमनका निकै कठिनाई भईरहेको यातायात व्यवसायी एवं मजदुरहरुले गुनासो गरिरहेका छन्।

लामो समयदेखि बनिरहेको खाडल झारा टराई हिसाबले पुरिँदा टालटुल पारेको भोलिपल्टै देखि राजमार्ग पूरानै अवस्थामा फर्किएको छ। यो समाचार आजको नागगिक दैनिकमा छ ।

प्रकाशित मिति : आश्विन ९, २०७७ शुक्रबार  ७ : २७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।