नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार बालुवाटारमा बोलाएको एमाले संसदीय दल र केन्द्रीय कमिटी बैठकमा एमालेका नेता माधवकुमार नेपाल पक्ष सहभागी नहुने भएको छ।
शुक्रबार बसेको नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूले बैठकले ओलीले बालुवाटारमा बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको जानकारी दिएको छ ।
एमाले प्रचार विभाग सचिव विष्णु रिजालका अनुसार केन्द«ीय कमिटी बैठकका नाममा आफ्ना गुटका मानिसलाई मात्र खबर गरी फागुन २८ गते अवैध ढंगले भेला गरी विधान उल्लंघन गरकाले नेपाल पक्षले उक्त दिनको निर्णय खारेज नभएसम्म ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुने निर्णय भएको हो ।
प्रतिक्रिया