Logo

योगेश र सारिकाको ‘ह्याप्पी होली’ सार्वजनिक



होली नजिकिँदै गर्दा दैनिक होली गीत सार्वजनिक हुने क्रम बढ्न थालेका छन् । यस्तैमा योगेश काजी, सुवास श्रेष्ठ र सारिका घिमिरेको स्वर रहेको होली गीत ‘ह्याप्पी होली’ सार्वजनिक भएको छ । सारिकाकै शब्द र योगेशको संगीत रहेको भिडियोमा शिव विकको कोरियोग्राफी र निर्देशन छ ।

भिडियोमा गायकद्वय योगेशकाजी, सुवासको अलवा  दुर्गेश थापा र लोसिना लामिछानेको अभिनय रहेको छ । अजय रेग्मीको छायाँकन, मिलन विश्वकर्मा र पदम सुवेदीको छायांकन छ ।

प्रकाशित मिति : चैत्र ९, २०७७ सोमबार  १० : ५५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।