Logo

ओरालो लागेको सुनको मूल्य आज पुनः बढ्यो



नेपाली बजारमा पछिल्लो समय सुनको मूल्य लगातार घटिरहेको थियो । आज शुक्रबार सुनको मूल्यमा ८ सयले बढेको छ । बिहीबार ९३ हजार १ सयमा कारोबार भएको छापावाला सुन आज ८ सयले बढेर ९३ हजार ९ सयमा कारोबार भएको सुन चाँदि महासंघले जनाएको छ । 
त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेको छ । आज तेजावी सुन ९३ हजार ४ सयमा कारोबार भईरहेको छ । यो अघिल्लो दिनको भन्दा ८ सय बढी हो । यसरी नै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज ४० रुपैयाले बढेर ११ सय ६० मा कारोबार भइरहेको छ । 

प्रकाशित मिति : आश्विन ९, २०७७ शुक्रबार  ११ : ३५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।