Logo

वाग्मती गोल्डकप राष्ट्रिय फुटबल शुक्रबारदेखि



मकवानपुरमा चौथो वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता -२०७७ शुक्रबारदेखि हुँदै छ । मकवानपुर, वाग्मती गाउँपालिकाको जनता माध्यमिक विद्यालयको मैदानमा हुने गोल्डकपको उद्घाटन खेल आयोजक, वाग्मती खेलकूद विकास समिति र नवजनजागृति युवा क्लब सिमरा बीच हुने छ ।

गोल्डकपमा थ्रीस्टार क्लब, मकवानपुर–११, एपिएफ क्लब, हिमालयन शेर्पा क्लब, जाउलाखेल युथ क्लब, वाग्मती युवा क्लब सर्लाही, बिर्तामोड युनाइटेड र अफ्रिकन रुट् एशोसिएशन क्यामरुन गरी आठ टोली सहभागी हुने आयोजकले जनाएको छ । खेलको विजेताले रु  आठ लाख र  उपविजेताले रु  चार लाख प्राप्त गर्ने बताइएको छ । 

 

प्रकाशित मिति : चैत्र ११, २०७७ बिहीबार  २ : २७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।