Logo

साताको अन्तिम दिन नेप्सेको ओरालो यात्रा



शेयर बजार मापक परिसूचक नेप्से २१.२९ अंकले ओरालो लागेको छ । बुधबार २५७०.२५ अंकमा पुगेको नेप्से आज आरोलो यात्रा तय गरी २५४८.९६ अंकमा पुगेको हो । 
 
साताको अन्तिम दिन आज ६ अर्ब ४० करोड ३३ लाख ५७ हजार ३ सय ७७ रुपैयाँ बराबरको कारोबार भएको नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ ।
 
त्यस्तै सेन्सेटीभिटी पनि ५.६४ अंकले घटेर४५०.३१अंकमा पुगेको छ । 
 
आज शेयर बजारमा ट्रेडिङ, होटल्स एन्ड टुरिजम र इन्भेस्टमेन्ट बाहेकका सबै समूह रात्याम्य देखिएका छन् ।

प्रकाशित मिति : चैत्र ११, २०७७ बिहीबार  ३ : ०८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।