घरबाटै बेपत्ता पारिएका महोत्तरीको पिपरा गाउँपालिकाका झा दम्पतीको शव फेला परेको छ। दुवै शव पिपरा गाउँपालिका वडा नम्बर २ मा बोरामा हालेर गाडेको जमिनमुनि शव फेला परेको हो। पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवाबाट अपहृत ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवी झालाई घरमा सुतिरहेको अवस्थामा बेपत्ता पारिएको एक महिनापछि शव फेला परेको हो।
दुईवटा बोरामा हालेर माटोमुनि पुरिएको अवस्थामा दुवै शव बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ९एसपी० दिनेश आचार्यले जानकारी दिए।
दुव शवको शरीरको हड्डी मात्र देखिएको छ। कपडाका आधारमा परिवारजनले पहिचान गरेको छ। एसपी आचार्यले भने, ‘अपहरण गरिएको राति उनीहरुले सोही कपडा लगाएको आधारमा परिवारजनले शवको पहिचान गरेका छन्।’
शव गलाउन नुनपानीको प्रयोग गरिएको हुन सक्ने प्रहरीको आशंका छ। सीआईबी, महोत्तरी प्रहरी र प्रदेश २ प्रहरी टोली घटनास्थलमा अनुसन्धान गरिरहेको छ।
परिवारजनले शवको पहिचान गरे पनि प्रहरीले भने फोरेन्सिक जाँचपछि मात्रै झा दम्पतीको शव रहेनरहेको पुष्टि गरिने स्पष्ट पारेको छ।
प्रतिक्रिया