विराटनगर,विराटनरका रामकुमार ऋषिदेव निरन्तर भारतबाट आउजाउ गर्नेमध्येका एक हुन् । घरका लागि आवश्यक सामग्री खरिदका लागि भारतीय बजारको भर पर्ने उनी चामल, दाल, तेल, चिनीका लागि जोगवनी नै पुग्छन् । विराटनगरबाट नजिकैको नाका जोगबनी नै भएको कारण आफू सामान लिनका लागि जोगवनी आउने गरेको सुनाए ।
सामान लिनका लागि जोगवनी जाने नाका भनेको विराटनगरस्थित रानीको मूल नाका होइन । उनी मूल नाकाभन्दा करिब १ किलोमिटर पश्चिममा बनाइएको वैकल्पिक नाका हुँदै आउजाउ गर्ने गर्छन् । ‘मूल नाका बन्द छ, हामीलाई आउजाउ गर्न दिइँदैन‚’ उनले भने, ‘अर्को बाटोबाट जान दिन्छन्‚ त्यहीँबाट गएर आउने गरेको छु ।’ उनीमात्र होइन‚ उनीजस्ता धेरैको दैनिक उपभोग्य सामग्रीका लागि गन्तव्य भनेको जोगवनी नाका नै हो । रानीको मुख्य नाका सुनसान भएपनि चोरबाटोबाट आउने र जानेको भीड लाग्ने गरेको छ ।
सरकारले रानी नाका २०७६ चैत ११ देखि नै सिल गरेको छ तर चोरबाटोहरूमा भारततर्फ जाने आउनेको घुइँचो देखिन्छ । विराटनगर । विराटनरका रामकुमार ऋषिदेव निरन्तर भारतबाट आउजाउ गर्नेमध्येका एक हुन् । घरका लागि आवश्यक सामग्री खरिदका लागि भारतीय बजारको भर पर्ने उनी चामल, दाल, तेल, चिनीका लागि जोगवनी नै पुग्छन् । विराटनगरबाट नजिकैको नाका जोगबनी नै भएको कारण आफू सामान लिनका लागि जोगवनी आउने गरेको सुनाए ।

सरकारले रानी नाका २०७६ चैत ११ देखि नै सिल गरेको छ तर चोरबाटोहरूमा भारततर्फ जाने आउनेको घुइँचो देखिन्छ । भारत जाने आउनेले मास्कको समेत प्रयोग गरेको पाइँदैन । विराटनगर( १६ स्थित विराटनगर जुट मिलको दक्षिण गेट, दरैया र वडा नम्बर १५ स्थित इस्लामपुरबाट भारततर्फ आउने जानेको घुइँचो लाग्ने गरेको ऋषिदेवले बताए ।
सीमामा खटिएका सशस्त्र र नेपाल प्रहरीकै अगाडिबाट खुल्लमखुल्ला चोर बाटोबाट भारततर्फ आउने-जाने क्रम हरेक दिन हुने गरेको छ । मूल भन्सार नाकाबाट भारततर्फ जान खोज्नेलाई सीमामा खटिएका सुरक्षाकर्मीले नै अर्को बाटो जान भन्दै चोर बाटो देखाउँछन् ।
विराटनगर जुट मिलको दक्षिण गेटबाट दैनिक बिहान ५ बजेदेखि राती ८ बजेसम्म नै आउजाउ हुने गरेको स्थानीय बताउँछन् । चोर नाका भएर दैनिक करिब २ लाख जना भारततर्फ जाने-आउने गरेको स्थानीयको अनुमान छ ।
दरैयाका बिनोदकुमार रसाइलीले दैनिक एक लाख बढी मानिस भारततर्फ जाने-आउने गरेको बताए । अहिलेकै अवस्था रहे भारतमा बढेको कोरोना संक्रमणको दर विराटनगरमा पनि देखिन सक्ने उनको भनाइ छ । भारतमा कोरोना संक्रमण फैलिएका प्रान्तबाट समेत मानिस आउने र जाने क्रमले विराटनगरमा संक्रमणको जोखिम बढेको बिनोदले बताए ।
मोरङका ६३ किलोमिटरमध्ये मुख्य मुख्य नाकाबाट आउजाउ निरन्तर भइरहेको छ ।
प्रतिक्रिया