Logo

पहिराेमा पुरिएका तीन जनाको शव फेला



रम्भा गाउँपालिका -२ बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएका मध्ये तीन महिलाको शव भेटिएको छ ।  पहिराेमा पुरिएकामध्ये १६ वर्षीया कृष्णमाया गाहा, आठ वर्षीया लक्ष्मी गाहा र  १४ वर्षीया खुशीसरा आले रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले बताए । 

पहिराेले घर पुरिँदा बेपत्ता भएका अन्य दुई जनाको खोजी जारी रहेको प्रहरीको जनाएको  छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले खोजी  जारी राखेका छन् ।

 पहिरो गएका कारण सडक अवरुद्ध भएकाले प्रदेशसभा सदस्य नारायण आचार्य र  गाउँपालिका अध्यक्ष विष्णु भण्डारी घटनास्थलमा पुग्न नसकेको पालिकाले जनाएको छ ।

प्रकाशित मिति : आश्विन ९, २०७७ शुक्रबार  ३ : ४९ बजे