Logo

गीतकार राखी गौचनको शब्दमा हे मन सार्वजनिक (भिडियो सहित) 



गायक तथा संगीतकार शंकर थापा स्माइलुको सुमधुर स्वरमा रहेको हे मनु बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।  

सेण्टिमेण्टल भर्सनको यस गीतमा शब्द राखी गौचनको रहेको छ।  स्वयम गायक थापाले संगीतवद्द गरेको यस गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ।  

पत्नी वियोगको कथा प्रस्तुत गरिएको यस भिडियोमा सुधिर श्रेष्ठ, सिर्जना जीसी र प्रनिमा दाहालको जिवन्त अभिनय देख्न सकिन्छ। उत्सव दाहालले छायांकन गरेको यस भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ।  मुनाल शिशिर कोइरालाको निर्देशनमा भिडियो तयार पारिएको हो।  डश म्युजिक नेपालको आधिकारिक च्यानल मार्फत भिडियो तयार सार्वजनिक गरिएको  हो।  

 

प्रकाशित मिति : चैत्र १३, २०७७ शुक्रबार  १ : ३२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।