Logo

उपाधिका लागि वारियर्स र राइडर्सले प्रतिस्पर्धा गर्ने



तेस्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिग क्रिकेटको फाइनलमा बजाज खडक वारियर्स र रुपनी राइडर्सबीच प्रतिस्पर्धा हुनेछ भएको छ । विवेक यादव कप्तानीको बजाज खडक वारियर्स र कुशल भुर्तेल कप्तानीको रुपनी राइडर्स सप्तरी प्रिमियर लिगको फाइनलमा प्रवेश गरेका हुन् । शुक्रबार प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा वारियर्सले टिभिएस किंग्स राजविराजलाई २७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । जितसँगै शीर्ष स्थानमा उक्लिदै वारियर्स फाइनलमा पुगेको हो ।

उपाधिका लागि शिनबार वारियर्सले राइडर्ससँग प्रतिस्पर्धा गर्नेछ। राज रंगशालामा सम्पन्न खेलमा वारियर्सले दिएको १८२ रनको लक्ष्य पछ्याउने क्रममा किंग्स राजविराजले पुरै २० ओभरमा ७ विकेट क्षतिमा १५४ रनमात्र बनाउन सक्यो । टिभीएस किंग्सको लागि रोबिन सिंहले अविजित ५१ रन बनाए । सुरज कुर्मीले ३६ रन, प्रशान्त सिंहले २४ रन तथा सोनु अन्सारीले १६ रन योगदान दिए । वारियर्सका गोमानन्द अमात्य, भुलावन सहानी र अनिल खरेलले समान २–२ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ४ विकेट क्षेतीमा १८१ रन बनाएको थियो । वारियर्सको लागि ओपनर अनिल शाहले सर्वाधिक ७० रन योगदान दिए । कप्तान विवेक यादवले ३७, निरज यादवले ३२ र पवन सर्राफले १८ रन योगदान दिए ।

किंग्स राजविराजको बलिङतर्फ रोबिन सिंह, मेहबुब आलम र दिनेश अधिकारीले समान १-१ विकेट लिए ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार १४:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।