Logo

गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराको निरीक्षण तथा निर्देशन सम्बोधन सम्पन्न



पोखरा स् गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले पोखरा-महानगरपलिका-१५ छिनेडाडा स्थित रहेको गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराको निरीक्षण गरेका छन् ।

प्रहरी नायव महानिरीक्षक अर्यालले तालिम केन्द्रमा रहेका भौतिक पूर्वाधारहरु, प्रहरी कर्मचारी तथा बिभिन्न तालिममा सहभागी प्रशिक्षार्थीहरु, मेश, ब्यारेक, केन्द्रका बिभिन्न शाखाहरु लगायतको निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारी र प्रशिक्षार्थीहरुलाई प्रहरी सेवा प्रवाह र प्रभावकारी प्रशिक्षणका बिषयमा निर्देशन सम्बोधन समेत गरेका छन् ।

निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक अर्यालले आधारभूत तथा उन्नत तालिम नै प्रहरी संगठनको मेरुदण्ड भएकाले साधारण नागरिकबाट राष्ट्र सेवक, कर्तव्यनिष्ठ प्रहरीको रुपमा रुपान्तरण गर्ने कार्यमा खटिने आन्तरिक तथा बाह्य प्रशिक्षक वर्गले उच्च नैतिक चरित्र प्रदर्शन गरी पूर्ण व्यवसायीक प्रशिक्षण प्रदान गर्नुपर्ने बताए।

साथै प्रशिक्षार्थीहरुलाई सम्बोधन गर्दै पूर्ण व्यवसायीक प्रहरी बन्न तालिमको भूमिका महत्वपूर्ण हुने भएकाले तालिमलाई बोझ नभई सिक्ने अवसरको रुपमा लिई दक्ष र नैतिकवान प्रहरी बन्नुपर्ने बताए ।

सोही अवसरमा तालिम केन्द्र परिसर भित्र प्रहरी नायव महानिरीक्षक अर्यालले वृक्षारोपण समेत गर्नुभएको उक्त कार्यक्रममा केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भरत बहादुर बोहराले तालिम केन्द्र अन्तर्गत भईरहेका विभिन्न गतिविधिहरुका विषयमा प्रस्तुतीकरण मार्फत प्रहरी नायव महानिरीक्षक अर्याललाई जानकारी गराएका थिए ।

प्रकाशित मिति : चैत्र १३, २०७७ शुक्रबार  ३ : २३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।