Logo

बब्लु र चौलागाई को ‘मयालु‘’ सार्वजनिक



देवेन्द्र बब्लुको नयाँ गीत ‘मयालु‘’ सार्वजनिक भएको छ । मौलिक शैलीमा तयार पारिएको उक्त गीतमा बब्लुसँगै नेपाल आइडल सिजन ३ की विजेता सज्जा चौलागाईंको स्वर रहेको छ ।

गीतमा ब्लुकै शब्द तथा सङ्गीत रहेको छ । भिडियो समेत बब्लुले नै निर्देशन गरेका हुन् । भिडियोमा प्रस्तुत गरिएको कथा विशाल घिमिरेले तयार परेका हुन् । भिडियोमा सागर भण्डारी, गरिमा शर्मा, देवेन्द्र बब्लु, कविता न्यौपाने, गोपाल परियार, काका हुमागाईँ, सबिन ढुङ्गाना, गणेश भण्डारी लगायतका कलाकारहरू फिचर्ड छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार १६:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।