Logo

समाचार

मुम्बाई अस्पतालमा आगलागी नौको मृत्युृ



भारतको मुम्बाई शहरमा रहेको कोभिड-१९ अस्पतालमा भएको आगलागीमा परी मृत्यु हुने व्यक्तिको संख्या नौ पुगेको छ । अझै केही व्यक्ति फसेको अनुमान गरिएको छ । 

बिहीबार राती भएको यस आगलागीमा परेका अन्य छ जनाको शव निकालिएपछि मृतकको संख्या नौ पुगेको  प्रहरी उप निरीक्षक प्रशान्त कदमले सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ । अझै पनि केही व्यक्ति फसेका अनुमान गरिएको पनि प्रशान्तले बताएका छन् ।  

कोभिड प्रकोपको दोस्रो लहर आइरहेको यस अवस्थामा पुनः कोरोना अस्पतालमा नै आगलागी भएको छ । 

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार १६:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।