Logo

‘अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कौं ,मास्कको अनिवार्य प्रयोग गरौं’ : पोखरा महानगरपालिका



पोखरा: पोखरा महानगरपालिकाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ । वायु प्रदूषण बढेपछि महानगरको स्वास्थ्य महाशाखाले अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको हो ।

महाशाखाले सूचना जारी गर्दै  मास्कको अनिवार्य प्रयोग गर्न, जथाभावी आगो नबाल्न र प्रदुषण कम हुने साधन प्रयोग गर्न आग्रह समेत गरेको छ ।

‘प्रदुषणले आँखा चिलाउने र पोल्ने, छाला चिलाउने, श्वासप्रश्वासमा गाह्रो हुने समस्याको साथै दीर्घकालीन रुपमा मुटु र फोक्सोको समस्या बढ्ने, वायु प्रणालीमा असर पर्ने, बालबालिकाको वृद्धि विकासमा असर गर्ने र क्यान्सरको समस्या समेत आउन सक्छ,त्यसैले प्रदुषणबाट बँच्न सावधानी अपनाऔँ ।’,महाशाखाद्धारा जारी गरिएको सूचनामा भनिएको छ।

166109660_2561729984121365_5926792243117882935_n.jpg

प्रकाशित मिति : चैत्र १६, २०७७ मंगलबार  ११ : ४८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।