अजोड इन्स्योरेन्स लिमिटेडले बैशाख ७ गतेका लागि तोस्रो साधारण सभा आवहन गरेको छ । कम्पनीले त्रीपुरेश्वर स्थीत वल्र्ड ट्रेड सेन्टरमा उक्त दिनको ११ बजे विहानका लागि साधारण सभा बोलाएको छ ।
कम्पनीले तोस्रो साधारण सभामा विषेश प्रस्ताव पारित गर्न सक्ने जनाएको छ । कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रदको एजेन्डा पास गराउने योजना गराएको छ ।
कम्पनीले हरेक २ शेयरको एक भाग हुने गरि हकप्रद निष्काशन गर्न लागेको हो जुन २ १ को अनुपातमा हुने छ ।
चैत्र २४ गतेका दिन बुक क्लोज गर्ने बताएको छ । चैत्र २४ सम्म कायम शेयरधनीले हकप्रद शेयर भर्न पाउने छन् ।
तर हकप्रदको समाचार आउनु अगावै अजोड इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागिसकेको थियो । शेयर मूल्यमा सर्किट लागेको भोली पल्टै ५० प्रतिशत हकप्रदको विज्ञप्ती कम्पनीले सर्वाजनीक गर्यो ।
सोमबार भएको कारोबारलाई शंकास्पद रुपमा हेरिएको छ । इन्साइडर ट्रेडिङ सूचना चुहाएर कारोबार भएको भन्दै लगानीकर्ताहरुले कारोबार नै रद्द गर्नु पर्ने माग गरिरहेका छन् ।
प्रतिक्रिया