Logo

टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते



विराटनगर,ताप्लेजुङको पाथिभरा याङबरक गाउँपालिकामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाथिभरा याङबरक गाउँपालिका ४ डुम्रिसेस्थित थुम्बेदिन डुम्रिसे सडक खण्डमा भएको दुर्घटनाबाट १ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा २ जना घाइते भएका छन् । प्रदेश ३-०१-०५ ख ९२७१ नम्बरको बालुवा लोड भएको टिपर सडकको घुम्तीमा अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटनामा टिपरका सहचालक कृष्ण बिकको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

मध्यरातमा भएको दुर्घटनामा टिपर चालक सिन्धुली कमलामाई नगरपालिका४का २४ वर्षीय याम कुमार बिक, सहचालक लमजुङ दोर्दि-६ किर्ती गाँउका १८ वर्षीय कृष्ण बिक र ताप्लेजुङ पाथिभरा याङबरक-२ थेचम्बुका २० वर्षीय मन्दिप लिम्बु घाइते भएका थिए ।

घाइतेमध्ये कृष्णको उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको हो । घाइतेहरुको बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : चैत्र १७, २०७७ मंगलबार  १२ : ४६ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।