युनाईटेड मोदी हाइड्रो पावर कम्पनीले युनाईटेड मेवा खोला हाइड्रोमा ३० प्रतिशत लगानी गर्ने भएको छ ।
कम्पनीको सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले ५० मेगावाट क्षमताको युनाईटेड मेवा खोला हाइड्रोमा ३० प्रतिशत लगानी गर्ने निर्णय गरेको हो ।
युनाईटेड मोदीले युनाईटेड मेवा खोलामा ३० प्रतिशत लगानी रहने गरी प्रतिकित्ता १०० रुपैयाँको दरले ६७ लाख ५० हजार कित्ता शेयर खरीद गरी ६७ करोड ५० लाख रुपैयाँ लगानी गर्ने निर्णय गरेको बताएको छ ।
प्रतिक्रिया