पूर्व राजा ज्ञानेन्द्र शाह र उनका परिवारको सुरक्षामा खटिएका २४ जना सुरक्षाकर्मी फिर्ता बोलाइएको छ ।
मापदण्ड विपरीत रहेको भन्दै उनको राजपरिवारको सुरक्षामा खटिएका ४० जना मध्य २४ जनालाई फिर्ता बोलाइएको हो ।
अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि, २०७७ अनुसार उनीहरूलाई फिर्ता बोलाए पछि अब राजपरिवारको सुरक्षामा १६ जना सुरक्षाकर्मी मात्रै बाँकी रहेका छन्। जसको कमान्ड सशस्त्रका डिएसपीले गर्नेछन् ।
यसअघि पनि अन्य अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षामा खटाइएका सुरक्षाकर्मी समेत फिर्ता बोलाइएको थियो ।
प्रतिक्रिया