Logo

समाचार

बेलायतका प्रधानमन्त्रीको आग्रह



बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सबै सर्वसाधारण नागरिकलाई स्वास्थ्यका सुरक्षित मापदण्ड अपनाउन अपिल गरेका छन् । बेलायतमा पुनः खेलकूद र बाहिर हिँडडूलका कामहरु शुरु भएका छन् । यस्तो अवस्थामा बेलायत फेरि पनि महामारीको संक्रमण बढ्दै गएकोले यसो नगर्न भनी आग्रह गरेका हुन् । 

बेलायतमा छ जनासम्म मानिस बाहिर जम्मा भएर हिँडडूल गर्न, आफ्ना घर तथा सार्वजनिक पार्कहरुमा पनि सानो संख्याका मानिस जम्मा हुन र साना तिना खेलकुदहरु गर्न दिने विषयमा बेलायतमा कुराकानी भइरहेको अवस्थामा यस्तो नगर्न भनिएको हो ।

प्रधानमन्त्री जोन्सनले अहिले पनि देशमा महामारीको निकै नै अप्ठेरो अवस्था छ भन्ने कुरा सबै नागरिकले मनन गर्नुपर्ने नै बेला रहेको पनि बताए । बेलायतमा जनवरीको पहिलो हप्तादेखि लगाइएको कडाइको अवस्थामा सोमबार देखि केही खुकुलो गराइएको छ । योसँगै यहाँका नागरिकहरुले सबै नै खुला भएको महसुस गरेर हिँड्न र काम गर्न नहुने उनले बताएका छन् ।

यहाँ मार्चको ८ तारिखदेखि विद्यालयहरु खुला गरिएको छ भने पहिले लगाइएको लकडाउनमा पनि हिजो सोमबारदेखि केही खुकुलो पारिएको छ । उनले यसअघि बेलायतमा घरमै बसौँ भन्ने नारा अघि सारिएकोमा अब भने आफ्नो समुदायमा बसौँ धेरै टाढा हिँडडूल नगरौँ भन्ने नारा अघि सारिएको बताए । 

बेलायतमा सोमबारदेखि गरिएको व्यवस्थामा नागरिक घरबाट बाहिर निस्किन पाउने छन् । तर ठूलो संख्यामा जम्मा हुन र धेरै टाढाको यात्रा गर्न भने पाउने छैनन् । बेलायतमा अहिले पनि कोरोनाको नयाँ प्रजातिको भाइरसको प्रकोप धेरै देखिएको छ । यहाँ दैनिक संक्रमित हुने र मृत्यु हुने व्यक्ति घटेका छैनन् । 

प्रकाशित मिति : चैत्र १७, २०७७ मंगलबार  ३ : १५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।