घरेलु टिम न्युजिल्याण्डले बंगलादेशविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज जितेको छ ।
नेपियरमा मंगलबार भएको दोस्रो खेलमा बंगलादेशलाई डीएल पद्दतिको आधारमा २८ रनले पराजित गर्दै न्युजिल्याण्डले सिरिज एक खेल अगाबै जितेको हो ।
जवाफमा बंगलादेशले ७ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो ।
बंगलादेशका सौम्य सरकारले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । मोहमद नाइमले ३८ रन जोड्दा कप्तम मोहमुदउल्लाहले २१ रन बनाए ।
न्युजिल्याण्डका टिम साउथी, हामीस बेन्नेट र एडम मिल्नेले २/२ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले अविजित रहदै ५८ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै मिचेलले अविजित ३४ रन जोड्दा मार्टिन गुप्टिलले २१ रन बनाए ।
बंगलादेशका मेहदी हसनले २ विकेट लिए ।
प्रतिक्रिया