Logo

बागलुङ घटनाको सत्यतथ्य पत्ता लगाउन काँग्रेस नेतृ सङ्ग्रौलाको माग



नेपाली काँग्रेसकी प्रतिनिधिसभा सदस्य डा. डिला सङ्ग्रौलाले बागलुङमा होली खेल्ने क्रममा झगडा पर्दा दुई जनाको ज्यान गएको घटनाका बारेमा बोल्दै घटनाको बारे सत्य तथ्य पत्तालाई कारबाही गर्न माग गरेकी छिन् ।

उक्त घटनामा प्रकाश कुँवर र दीपक परियारको ज्यान गएकोमा दुख व्यक्त गर्दै उनले सरकार समक्ष घटनाको बारे सत्य तथ्य पत्ता लगाउन माग गरेकी हुन् ।

बागलुङ जिल्लाको बढिगाऊँ गाउँपालिका १० दर्लिङमा फागु खेल्ने निहुँमा रङ्ग  दल्दा आपसमा भनाभन भई विवाद सुरु भएको थियो । विवाद बढ्दै जाँदा ग्याङफाइटमा परिणत भएको र मृतक प्रकाश कुँवर र दीपक परियारकोलाई भिरबाट फालिएको बताइएको छ ।

संग्रौलले फागु जस्तो पवित्र चाडमा  यस्तो घटना घट्नुको पछाडि  रहस्य होला पत्ता लगाउन र दोषी माथि कानुनी कारबाही  गर्न सरकार समक्ष माग गरेकी छिन् । उनले मङ्गलवार आफ्नो सामाजिक सञ्जाल मार्फत उक्त घटनामा कुनै पनि बहानामा अपराधी नछुटोस् भन्दै सरकारको ध्यानाकर्षण समेत गराएकी हुन् ।

संग्रौलले मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गरेकी छन् ।

प्रकाशित मिति : चैत्र १७, २०७७ मंगलबार  ७ : ४४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।