Logo

समाचार

सवारी अनुमति पत्रको प्रयोगात्मक परीक्षा अब गाईघाटमै



गाईघाटमा पहिलो पटक सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा सुरु भएकाे छ।

यातायात व्यवस्था सेवा कार्यालय गाईघाटले बुधबार पहिलो पटक सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा लिएको हो ।

प्रदेश १ भौतिक पुर्वाधार विकास मन्त्रालयका मन्त्री हिमाल कार्कीले बुधवार प्रयोगात्मक परीक्षास्थलकाे उद्घाटन गरेका हुन् । मन्त्री कार्कीले पहिलो प्रयोगात्मक परिक्षार्थीलाई सिठ्ठी फुकेर ट्रायल सेन्टरकाे उदघाटन गरेका थिए ।

उनले प्रयोगात्मक परीक्षा तथा स्थलको अनुगमन समेत गरेका छन् । साे क्रममा उनले कार्यालयबाट सेवाग्राहीलाई छिटो र सहज रुपले सेवा प्रदान गर्न निर्देशन पनि दिएका थिए । कार्यालयमा काम गर्ने कर्मचारी र श्रोतसाधनको कमी रहेको कुरालाई ध्यानमा राख्दै मन्त्री कार्कीले त्यसको तत्काल समाधान गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  २ : १२ बजे