यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको मापदण्ड परिवर्तन गर्ने भएको छ ।
उक्त कदमको लागी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सैद्धान्तिक सहमति प्राप्त भएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।
विभागका अनुसार कार्यविधि संशोधनका लागि गत पुसमा नै मन्त्रालयलाई प्रस्ताव पेस गरेको थियो भने कार्यविधि संशोधनको ड्राफ्ट तयार भई स्वीकृतको प्रक्रियामा छ। अब भने कार्यविधि संशोधन भएपछि सानो गल्तीले ट्रायल फेल नहुने बताइएको छ ।
यस भन्दा अघि ट्रायल पास र फेल मात्र हुँदै आएकोमा अब ट्रायल अवधि भर मूल्याङ्कन गरेर प्राप्त अङ्कको आधारमा पास फेल हुने बताइएको छ ।
‘
अब तयार हुँदै गरेका मापदण्डमा ट्रायल दिन परिक्षार्थीलाई सुरुवाती अङ्क १ सय दिइने र उसले गरेका गल्तीका आधारमा अङ्क काटिँदै जाने नियम रहने छ । जसबाट ६० प्रतिशत भन्दा कम अङ्क ल्याउनलाई फेल गरिने छ ।
यसरी सानो गल्तीले पनि ट्रायल फेल हुने नियमले गर्दा सवरी चलाउन अब्बल रहेकाहरू समस्यामा पदै आएका थिए । त्यसो त यस्तै समस्याले गर्दै बिचौलियाको बिगबिगी पनि यस क्षेत्रमा बढ्दै गएकाले उक्त मापदण्ड लागु भए पछि यो बिचौलियाको समस्या हट्ने विभागको विश्वास रहेको छ ।
पुरा जानकारी भिडियोमा
प्रतिक्रिया