Logo

समाचार

महिनावारी हुँदा घरमा बस्ने दुई जोडी सम्मानित



जुम्ला । पातारासी गाउँपालिका-२ का दुई जोडीलाई सम्मान गरिएको छ ।

महिनाबारी तथा रजस्वला भएका बेला घरैमा बस्ने साउनी बोहोरा उनका पति कालु बोहोरा तथा वीरे सार्की र उनकी श्रीमती रेउली सार्कीलाई ढाकाटोपी र पछ्याैरा ओढाएर सम्मान गरिएको हाे । वर्षभरिमा महिनावारी छाउ हुँदा घरैमा बस्ने तथा अरुलाई बस्न प्रेरित गरेको भन्दै उनीहरूलाई हौसलास्वरूप सम्मान गरिएको हो ।

कर्णाली प्रदेशको जुम्लामा कूरीतिका रूपमा जकडिएको छुई प्रथा (छाउपडी) अन्त्य गर्न जुम्लाको पातारासी गाउँपालिकाले छुई गोठमुक्त अभियान थालेको छ ।

गाउँपालिका र सर्वोदय नेपालले महिला र धामीझाँक्रीलाई सँगै राखेर सचेत गराउँदै महिनावारी भएको वेला महिलालाई गोठ होइन घरमा बस्ने सचेतना जोगाएको हो । जुन अभियान अहिले सार्थक बनिरहेको छ । महिनावारी भएका बेला गाईको गोठमा बस्ने परम्परा तोडेको भन्दै पातारासीको दुई वडाका तल्फीगाउँ, पेरे गाउँ, धोप गाउँ छुइगोठ मुक्त गरिएको छ ।


महिनावारी भएका बेला गोठमा बसेका कारण धेरै महिलाले ज्यान गुमाएको भन्दै सुरक्षित कोठामा बस्न गाउँपालिका अध्यक्ष लक्षिमान बोहोराले आग्रह गरे ।

प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार  ११ : ०३ बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।