Logo

अर्थ

सपोर्ट लघुवित्तले १० पुसमा बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने मूख्य एजेण्डा



सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले १० पुसमा सातौँ साधारणसभा बोलाएको छ । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न सभा आह्वान गरेको हो ।  

सभामा हाल कायम चुक्ता पुँजीको ३० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ एक दशमलव  ५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ ।

लघुवित्तले सभा तथा लाभांश वितरण प्रयोजनका लागि १ पुसमा बुकक्लोज गर्ने भएको छ। यसर्थ, २९ मंसिरसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार १२:१३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।