Logo

अन्तरवार्ता

निर्णय गर्ने ठाउँमा महिला पुग्नुपर्छ : निमा गिरि [अन्तर्वार्ता]

नेपाली कांग्रेस १४ औं महाधिवेशन केन्द्रीय सदस्यको उमेदवार



नेपाली कांग्रेसभित्र रुपान्तरण मात्र होईन विचार सहितको रुपान्तरण हुनुपर्छ । महिलाहरुको उपस्थितिको सवालमा उपस्थिति मात्र होईन निर्णायक हुनुपर्छ । निर्णय गर्ने ठाउँमा महिला पुग्नुपर्छ भन्ने एजेण्डाका साथ नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उमेदवारी घोषणा गुर्नभएको युवा नेतृ निमा गिरिसँग महाधिवेशनको तयारी र समसामयिक विषयमा अनलाइनपानाकर्मी रामनाथ कुँवरले गरेको कुराकानीको संम्पादित अंश :

महाधिवेशनको तयारी कसरि भैरहेको छ ?

हामी खासगरी यतिवेला जिल्ला अधिवेशनमा आइपुगेका छौं । कतिपय जिल्लाहरुमा सम्पन्न भैसक्यो, कतिपयमा हुँदैछ । जिल्ला अधिवेशन सकिए लगतै हामी प्रदेश अधिवेशन गर्ने छौं । त्यसपछि केन्द्रीय महाधिवेशनको लागि हामी क्रियासील हुनेछौं । यसरि महाधिवेशनको तयारी प्रक्रियागत रुपमा भैरहेको छ ।

तपाईको उमेदवारी केमा हो ?

मेरो उमेदवारी केन्द्रीय सदस्यमा हो । मैले उमेदवारी घाषणा पनि गरिसकेकी छु ।

तपाईको निर्वाचन जीत्ने एजेण्डाहरु के—के छन् ?

मेरो एजेण्डा हाम्रो पार्टी भित्र सक्षम युवाहरुको प्रतिनिधित्व हुनुपर्छ । युवाहरु र महिलाहरु दुबै तालिपिट्ने ठाउँमा मात्रै नभएर निर्णय गर्ने ठाउँमा पुग्नुपर्छ । यतिवेला देशै भरी नै नेपाली कांग्रेसमा युवाहरु अग्रसर भएका छौं । युवाहरुको विचार र एजेण्डा कार्यन्वयन गर्न मेरो उमेदवारी हो ।

तपाईले केन्द्रीय सदस्यमा जित्ने आधारहरु के—के छन् ?

मैले जित्ने आधार भनेको म केन्द्रीय सदस्य भएर जिम्मेवारी निभाउन सक्ने भैसकेकी छु । यस अधि निरन्तर ३ पटक पार्टीको महासमिति सदस्य भैसकेकी छु । हामीले कांग्रेसको जागरण अभियानमा एक जना महिला वक्ता हुनै पर्ने विधान बनाएका छौं । म सबैलाई अग्रसर हुने र बनाउन सक्छु । पार्टीको हितको लागि निरन्तरताको लागि परिरहेको छु । गाउँमा बसेर सबैको दुःखलाई सम्बोधन गर्ने गरि राजनीति गर्नुपर्छ भन्ने मेरो मान्यता हो । मलाई पार्टीका धेरै साथिहरुको साथ सहयोग र भरोसा रहेको छ, यस आधारमा म जित्छु ।

यो महाधिवेशनमा युवाहरुको सहभागिता राम्रो छ भन्ने छ । यो सत्य हो ?

युवाहरुको यो महाधिवेशनमा राम्रो उपस्थिति रहेको छ । युवाहरु एकदमै उत्साहित भएका छन् । नेपाली कांग्रेसले भातृसंगठनहरुलाई संगठित गरेर नलाग्नाले सबै युवाहरु पार्टीको महाधिवेशनमा सहभागि भएको हो । लकडाउनले गर्दा पनि धेरै साथिहरु गाउँमा गएर गाउँबाट राजनीति गर्न थाल्नुभएको छ । यस्तै यस्तै कारणहरुले कांग्रेसमा युवाहरु अगाडीडि आएको हो । प्रतिस्पर्धाले गर्दा युवालाई नजिताई पुरानै नेतालाई जिताउने सम्भावना पनि छ । यसमा म साथिहरुलाई युवालाई जिताएमा तपाईको पालो पनि नजिक आएको हो भन्न चाहान्छु । पदाधिकारीहरुमा पनि युवाहरुको उपस्थिति हुने निस्चित भैसकेको छ ।

नेपाली कांग्रेसमा महिला नेताहरुको भूमिका र अधिकार कस्तो छ ?

महिलाहरुको सवालमा नेपालको संविधानमा जस्तो व्यवस्था छ कांग्रेसको विधानमा पनि त्यस्तै व्यवस्था छ । ३३ प्रतिशतको कुरा गर्दा केन्द्रीय समितिमा छ तर पदाधिकारीमा त्यस्तो छैन । यस्ले गर्दा महिलाहरुको भूमिका तालि पिट्ने ठाउँमा मात्रै छ । पदाधिकारीमा लडन म दिदिहरुलाई आंट गर्न आग्रह गर्छु ।

सभापतीमा महिलाले उमेदवारी दिने सम्भावना कति छ ?

सुजता कोइराला दिदिले म सभापतिमा उमेदवारी दिनको लागि तयारी गर्दै छु भन्नु भएको छ । उहाँले एउटा समूहको नेतृत्व गरेर उमेदवारी दिनुभयो भने त्यसमा हाम्रो साथ र सहयोग हुने छ ।

कांग्रेसमा गुट पछिसम्म झांगिएर जाने प्रचलन छ । यसले पार्टीलाई कमजोर बनाएको छ । यस्तो गुटलाई निस्कृय पार्न तपाईहरु जस्तो युवाहरुको के भूमिका हुन्छ ?

लोकतान्त्रिक पार्टीमा गुटहरु सृजना हुने कुरा स्वभाविक हो । तर एजेण्डाको सवालमा पार्टी एक ढिक्का हुनुपर्छ । गुट भन्दा पनि गिरोह निर्माण हुन हुँदैन पार्टी भित्र भन्ने कुरा महत्वपूर्ण हो । समूहहरुले विचारको बहस गराउँछ र प्रतिस्पर्धा बढाउँछ । तर हाम्रो पार्टीमा पछिल्लो समय दास जन्माउने क्रम बढेको छ त्यो दुखत पक्ष हो । अब हामी केन्द्रीय समितिमा पुगेपछी विचारमा वहस भए पनि एजेण्डामा पार्टीलाई एक गराउन हाम्रो उमेदवारी हो ।

वर्तमान सरकारले जनताको चाहाना अनुसार काम गर्न नसक्नुको कारण के हो ?

काम गर्नेसंग कामको योजना हुन जरुरी हुन्छ । यो सरकारमा मुख्य कुरा कुनै कामको पनि योजना नभएको जस्तो लाग्छ । विभिन्न एजेण्डा भएका पार्टीहरु मिलेर सरकार गठन भएको यसले पनि केहि असर त परेको छ । यो सरकारले छोटो समयकै लागि भए पनि के काम गर्ने र कसरी गर्ने भनेर योजना बनाएर लागु गर्नुपर्छ जस्तो देखिएको छ ।

कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउने भनिरहेको छ । के—के आधारमा बहुमत आउँछ ?

हाम्रो पार्टीका सबै कार्यकर्ताहरु अहिले आगामी निर्वाचनमा एक्लै भिडनको लागि एक स्वर भएका छन् । यसमा मेरो पनि त्यही धाराणा छ । जनताको अगाडि राम्रो एजेण्डा लिएर जाँदा कांग्रेसले बहुमत ल्याउने पक्का छ । देश र जनताको हितका लागि काम गर्ने नेताहरुलाई टिकट दिन सक्यो भने कांग्रेसले बहुमत ल्याउछ र आफू एक्लै सरकार बनाउँछ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ४ : ४३ बजे