Logo

समाचार

इटालीमा पुन: लकडाउनको घोषणा



इटालीमा कोरोना संक्रमण बढेसँगै तीनदिन लकडाउनको घोषणा गरिएको छ। इस्टरलाई मध्यनजर गर्दै इटालीले कडा लकडाउन लागू गर्ने निर्णय गरेको हो ।

दैनिक करिब २० हजार केस देखिँदै कोरोनाको तेस्रो लहरसँग जुध्दै गरेकोले इटालीले सबै क्षेत्रलाई ‘रेड जोन’ मा राखेको छ। जस अनुसार अत्यावश्यक बाहेक अन्य सबै गतिविधिमाथि रोक लगाइएको छ। क्याफे र रेष्टुराँहरुमा टेक अवे सर्भिसमात्रै उपलब्ध हुनेछन् ।

इस्टरको दिन भने मानिसहरुलाई हिँड्ने छुट दिइनेछ। तर आफ्नो क्षेत्रमा रहेका नातेदारहरु कहाँ मात्रै उनीहरु जान पाउनेछन् ।

धेरै टाढा यात्रा गर्न पाउनेछैनन् । घरमै दुईजना पाहुनसँग भने खाना खान छुट दिइएको छ । चर्चहरु पनि खुला नै रहनेछ तर प्रार्थना गर्न पुग्नेहरुलाई आफ्नो क्षेत्रको चर्चमामात्रै जान र टाढा यात्रा नगर्न भनिएको छ ।

प्रकाशित मिति : चैत्र २१, २०७७ शनिबार  ४ : ०५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।