Logo

आफ्नै भवनमा गाउँपालिका



स्थानीय तह गठन भएदेखि भाडाको घर छाडेर दुई गाउँपालिकाले आफ्नै भवन निर्माण गरेका छन् । पछिल्लो समय जोरायल र बडिकेदार गाउँपालिकाले आफ्नै भवन निर्माण गरी नागरिकलाई सेवा प्रदान गर्न थालेका छन् । 

नागरिकलाई आफ्नै भवनबाट सेवा दिनका लागि उक्त गाउँपालिकाले आफ्नो भवन निर्माणको कार्यलाई तिव्रता दिई काम सम्पन्न गरी सेवा सञ्चालन गरेका हुन् । जोरायलको पक्की भवन निर्माण गरिको छ भने बडिकेदारको ‘प्रिफ्याब’ भवन निर्माण गरिएको छ ।

बडिकेदारको भवन कुल ७० लाख रुपैयाँको लागतमा ‘प्रिफ्याब’ मोडलमा भवन निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपकराज पाण्डेयले जानकारी दिए । उनका अनुसार नयाँ बनेको भवनमा सभा हल, सबै विषयत शाखा अटाउने कार्यकक्ष, अध्यक्ष र उपाध्यक्षको कार्यकक्षसहित २२ कोठाको भवन निर्माण गरिएको हो ।

उक्त भवनको निर्माण एस.एस. कन्सट्रक्सन दिपायलले गरेको हो । आफ्नै भवन निर्माण भएपछि नागरिकलाइ एक छाना मुनीबाट सेवा दिन निकै सहज भएको बडिकेदारका अध्यक्ष कृष्णबहादुर चन्दले बताए । 
 
यसैगरी जोरायलले पनि कुल दुई करोड तीन लाख रुपैयाँमा १४ कोठाको आफ्नो भवन निर्माण सम्पन्न गरेको छ । नयाँ बनेको भवनमा सभाहल, सबै विषयत शाखाका कार्यकक्ष, अध्यक्ष र उपाध्यक्षको कार्यकक्ष निर्माण गरिएका छन् । उक्त भवन थानी कन्सट्रक्सन काठमाडौंले निर्माण गरेको हो । 

प्रकाशित मिति : चैत्र २२, २०७७ आईतबार  २ : ५२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।