Logo

शेयर बजारमा नयाँ रेकर्ड : नेप्से अल टाईम हाई, कारोबार रकमले पनि दियो साथ



साताको पहिलो कारोबार दिन आईतबार शेयर बजारले नयाँ रेकर्ड बनाउँदै अल टाईम हाईमा बन्द भएको छ । आईतबार शेयर बजार परिसूचक नेप्से २५ दशमलव ७१ अंकले उकालो लाग्दै अहिले सम्मकै उच्च विन्दु २६ सय ५७ दशमलव ७१ अंकमा बजार बन्द भएको छ । 

शेयर बजार दोहोरो अंकले उकालो लाग्दा ९ अर्ब भन्दा धेरैको कारोबार भएको छ । आईतबार २ सय १२ कम्पनीको ८९ हजार ८ सय ६० पटककको कारोबारमा १ करोड ८१ लाख ७३ हजार ३ सय ७८ कित्ताको खरिदविक्री हुँदा ९ अर्ब ६८ लाख ५८ हजार ५ सय ५७ रुपैयाँ ९६ पैसा बराबरको कारोबार भएको छ । 

आईतबार शेयर बजारका सबै परिसूचकहरु बढेर बन्द भएका छन् । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक ४ दशमलव ३३ अंकले उकालो लाग्दै ४ सय ७० दशमलव ७५ अंकको विन्दुमा बजार बन्द भएको छ । 

झन्डै १ प्रतिशतले बढेको बजारमा १३ समूहको कारोबार भएको थियो जसमा ५ वटा समूहको परिसूचक घटेको छ भने बाँकी ८ समूहको परिसूचक बढेको छ । घटेर बन्द हुने समूहमा व्यापार समूहको परिसूचक सर्वाधिक ४ दशमलव ३९ प्रतिशतले घटेको छ । 

लगानी समूहको परिसूचक २ दशमलव ३५ प्रतिशतले घटेको छ । बाँकी होटल्स् तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्यूचल फन्ड समूहको परिसूचक भने १ प्रतिशत भन्दा थोरैले घटेको छ । 

बढेर बन्द हुने समूहमध्य वित्त, नीर्जिवन बीमा र अन्य समूहको परिसूचक ३ प्रतिशत भन्दा धेरैले बढेका छन् भने जलविद्युत समूहको परिसूचक १ प्रतिशत भन्दा धेरैले बढेका छन् बाँकी ४ समूहको परिसूचक भने १ प्रतिशत भन्दा थोरैले बढेका छन् । 

आईतबार निफ्रको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको मात्र ४७ करोड ५६ लाख ९९ हजार ४ सय ९९ रुपैयाँ बराबरको कारोबार भएको छ । दोस्रोमा अपर तामाकोशीको २८ करोड ४१ लाख ५३ हजार ९ सय ७८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार संख्याका आधारमा पनि निफ्रा अग्रस्थानमा रहेको छ । उक्त कम्पनीको ७ हजार ८ सय ४१ पटक कारेबार भएको छ । 
दोहोरो अंकले बढेको बजारमा ७ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने साल्ट टे«डिङ कर्पोरेशनका लगानीकर्ताले सर्वाधिक ६ सय १७ रुपैयाँले गुमाएका छन् । 

आईतबारको बजार बन्द हुँदा नेप्सेको बजार पूँजीकरणले पनि नयाँ इतिहास रचेको छ । नेप्सेको बजार पूँजीकरण ३६ खर्ब ७१ अर्ब ५४ लाख १४ हजार २ सय ६० रुपैयाँ ५ पैसा कायम भएको छ । 

० दशमलव ९८ प्रतिशतले बढेको बजारमा १ सय १० कम्पनीको शेयर मूल्य बढेको छ भने ५८ कम्पनीको शेयरमूल्य घटेको छ बाँकी १२ कम्पनीको मूल्य भने स्थीर रहेको छ ।
 

प्रकाशित मिति : २२ चैत्र २०७७, आईतवार १७:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।