बलिउड अभिनेता तथा बेला बेला नेपाली ज्वाइँको नामले पनि चर्चामा आइरहने नायक गोविन्दलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो
कोरोना सङ्क्रमणबाट बच्न सावधानी अपनाउँदा अपनाउँदै आफूलाई सङ्क्रमण भएको बताउँदै सङ्क्रमणपछि आफू क्वारेनटिनमा रहेको उनले जानकारी दिएका छन् ।
उसअघि उनकी श्रीमती सुनितालाई पनि केही हप्ताअघि कोरोना सङ्क्रमण भएको थियो । हाल भने उनी सङ्क्रमणमुक्त भइसकेकी छन्।
अझै मात्र बलिउड अभिनेता अक्षय कुमारलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया