Logo

सोमबार सुन र चाँदी दुवै घातुको मूल्य सामान्य घट्यो, कस्तो छ आजको दरभाउ ?



सोमबार सुन र चाँदी दुवै घातुको मूल्य सामान्य घटेको छ । आईतबार स्थीर रहेको सुनको मूल्य सोमबार तोलामा २ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भइरकेको छ ।

एक कारोबार दिन अगाडी आईतबार छापावाल सुन प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।  

आईतबार तोजावी सुन पनि तोलामा २ सय रुपैयाँले घटेर ८६ हजार ७ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । 

सोमबार सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । 

 

प्रकाशित मिति : २३ चैत्र २०७७, सोमबार ११:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।