दुई वाणिज्य बैंकले आफूसँग रहेका फर्स्ट माइक्रो फाइनान्स, नेशनल माइक्रोफाइनान्स र सिटिजन इन्भेष्टमेन्ट ट्रष्टका संस्थापक सेयर लिलाममा बिक्री गर्ने भएका छन् ।
ग्लोबल आइएमइ बैंकले फर्स्ट माइक्रो फाइनान्सको ८१ हजार ५ सय कित्ता सेयर बिक्री गर्ने भएको हो। बैंकले सेयर मूल्य प्रतिकित्ता ३ सय रुपैयाँ तोकेको छ।
यसैगरी एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल माइक्रो फाइनान्सको ५५ हजार ८ सय ६६ कित्ता र सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको ५० हजार कित्ता संस्थापक शेयर बेच्ने भएको हो ।
एनआइसीले नेशनलको शेयर मूल्य प्रतिकित्ता ४ सय ६६ रूपैयाँ तोकेको छ भने सिटिजनको संस्थापक सेयर मूल्य प्रतिकित्ता १ हजार ५ सय २९ रूपैयाँ तोकेको छ।
दुबै बैंकले खरिदमा इच्छुक लगानीकर्तालाई गोप्य सिलबन्दीका लागि बोलपत्र आह्वान गरेका छन्। खरिद गर्न चाहनेले न्यूनतम १०० कित्ता र अधिकतम १० ले भाग जाने गरी सबै कित्ता सेयरका लागि आबेदन दिन सकिने सूचनामा जनाइएको छ।
एनआइसी एसिया बैैंकको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल छ भने ग्लोबलको बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यपिटल छ।
फर्स्ट माइक्रो फाइनान्सको संस्थापक सेयर खरिदका लागि वैशाख २६ सम्म, नेशनल र सिटिजनको सेयर खरिदका लागि भने चैत ३१ सम्ममा गोप्य सिलबन्दी आवेदन दिन सकिने जनाइएको छ।
प्रतिक्रिया