Logo

सबै नागरिकको सहयोगले मात्रै कोरोना नियन्त्रण सम्भव हुन्छ’



 शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सबै नागरिकले सरकारलाई सहयोग गर्नुपर्ने बताए । मन्त्री मानन्धरले नागरिकको सहयोगले मात्रै सरकारले कोरोना नियन्त्रण गर्न सम्भव हुने बताए ।

साधना कला केन्द्रले शनिबार राजधानीमा गरेको एक कार्यक्रममा मानन्धरले भन्नुभयो, ‘करिब १० लाख मानिसहरुको पीसीआर परीक्षण गर्दा अर्बौं रुपैयाँ सकिएको छ तर अझै पनि नियन्त्रणमा आउन सकिरहेको छैन, त्यसैले यसको नियन्त्रण गर्न सबै नागरिकको सहयोग आवश्यक छ ।’

उनले साधना कला केन्द्रले अनलाइनमार्फत सम्पन्न गरेको गायन प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत समेत गर्नुभयो । गायन प्रतियोगिता प्रथम पुरस्कार ललितपुरकी कलाकार रुपा सापकोटाले प्राप्त गरेकी छिन् ।

दोस्रो पुरस्कार दोलखाकी ममता तामाङ, तेस्रो पुरस्कार विराटनगरका डा. मन्जिल श्रेष्ठ र सान्त्वना पुरस्कार काठमाडौंका विमल रुचाल र निषादरत्न तुलाधरले प्राप्त गरेका छन् । गायन प्रतियोगितामा अनलाइन माध्यमबाट विभिन्न १३ देशमा रहेका कलाकारहरुले सहभागिता जनाएको साधना कला केन्द्रले जानकारी दिएको छ ।

प्रकाशित मिति : आश्विन ११, २०७७ आईतबार  ९ : ३३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।