Logo

विशाल राईको गीति सङ्ग्रह ‘सेन्मी’ सार्वजनिक (भिडियोसहित)



गायन रियालिटी  शो ‘द भ्वाइस अफ नेपाल’ सिजन २ को टप १० मा पुग्न सफल गायक विशाल राईको पहिलो गीति सङ्ग्रह ‘सेन्मी’ विमोचन गरिएको छ । कोभिड-१९ को बढ्दो सङ्क्रमणका कारण  र प्रविधिको सदुपयोग गर्दै भर्चुअल माध्यमबाट म्युजिक नेपालको स्टुडियोमा गीति सङ्ग्रह विमोचन गरिएको हो ।

सङ्गीतकार शुभ बहादुर सुनाम, सङ्गीतकार सुरेश अधिकारी, गायक तथा म्युजिक नेपालका बिजनेस हेड राजीव लोहनी र गायक विशाल राईले संयुक्त रूपमा गीति सङ्ग्रह विमोचन गरेका हुन् । ५ वटा गीतहरू सङ्गृहीत एल्बममा सुरेश अधिकारीको एकल शब्द रचना र सङ्गीत रहेको छ भने महाराज थापाको सङ्गीत संयोजन रहेको छ ।

‘नारी’ गीतको म्युजिक भिडियो समेत कार्यक्रममा सार्वजनिक गरिएको थियो । दर्शकहरूले कार्यक्रमलाई म्युजिक नेपालको युट्युब च्यानल मार्फत प्रत्यक्ष हेरेका थिए । सो कार्यक्रममा गायक विशाल राईले  एल्बममा समावेश गीतहरू लाइभ गाएर दर्शकहरूलाई मनोरञ्जन गराए ।

प्रकाशित मिति : चैत्र २३, २०७७ सोमबार  १२ : ४८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।