ग्लोबल आइएमई बैंकले जारी गरेको ऋणपत्रमा मागभन्द बढी आवेदन परेको छ। बैंकले गत चैत १ गतेदेखि ऋणपत्र जारी गरेको थियो ।
ऋणपत्र आर्थिक वर्ष २०८६/८७ मा परिपक्व हुनेछ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको थियो ।
अंकित मूल्य १ हजार रुपैयाँ दरका ऋणपत्र ३० लाख कित्ता जारी गरिएको थियो । चैत १६ गतेसम्म बिक्रीमा राखिएको थियो ।
१० वर्ष अवधिको ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत ब्याज दर छ । ब्याज प्रत्येक ६/६ महिनामा भुक्तानी हुन्छ ।
बैंकले ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडलाई तोकेको थियो ।
प्रतिक्रिया