साताको अन्तीम कारोबारदिन बिहीबार शेयरबजार परिसूचक नेप्से २ दशमलव ७४ अंकले बढेर २६ सय ७४ दशमलव ३६ को विन्दुमा बजार बन्द भएको छ । बुधबार शेयरबजार परिसूचक सामान्य अंकले बढ्दा क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक भने ० दशमलव २८ अंकले ओरालो लाग्दै ४ सय ७६ दशमलव ५२ अंकमा बजार बन्द भएको छ ।
अन्य परिसूचक भने सामान्य अंकले वृद्धि भएर बन्द भएको छ ।
बुधबार २ सय ७ कम्पनीको ७१ हजार २ सय ४१ पटकको कारोबारमा १ करोड ३३ लाख ७६ हजार कित्ता शेयरको कारोबार हुँदा ६ अर्ब ५५ करोड ६६ लाख १६ हजार ६ सय ७९ रुपैयाँ ९५ पैसा कायम भएको छ ।
बुधबार अपर तामाकोशीको सर्वाधिक ३७ करोड १३ लाख ४४ हजार १ सय १३ रुपैयाँ बराबरको कारोबार भएको छ । दोस्रोमा नेपाल इन्फ्रास्टकचर बैंकको २५ करोड ५२ लाख २४ हजार १ सय ४९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सामान्य अंकले बढेको बजारमा ६ कम्पनीको शेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै यूनिभर्सल पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक ४ दशमलव ४२ प्रतिशतले गुमाएका छन् । दोस्रोमा रसुवागढी हाइड्रो पावर कम्पनीको लगानीकर्ताले ४ दशमलव १७ प्रतिशतले गुमाएका छन् ।
बुधबार बढेको बजारमा ७ समूहको परिसूचकमा वृद्धि देखिएको छ भने बाँकी ६ समूहको परिसूचकमा गिरावट देखिएको छ । बढेर बन्द हुने समूहमा वित्त समूहको परिसूचक सर्वाधिक ३ दशमलव १८ प्रतिशतले बढेको छ भने दोस्रोमा लघुवित्त समूहको परिसूचक २ दशमलव ०९ प्रतिशतले बढेको छ । बाँकी ५ समूहको परिसूचक भने १ प्रतिशत भन्दा थोरैले बढेका छन् ।
घटेर बन्द हुने समूहमध्य अन्य समूहको परिसूचक १ दशमलव ०७ प्रतिशतले घटेको छ भने बाँकी ५ समूहको परिसूचक १ प्रतिशत भन्दा थोरैले घटेका छन् ।
० दशमलव १० प्रतिशतले बढेको बजारमा ९६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ कम्पनीको शेयर मूल्य घटेको छ बाँकी ९ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको छ ।
प्रतिक्रिया