विराटनगर । मोरङमा चारीको आरोपमा ४ जना पक्राउ परेका छन् । मोरङ स्थित कटहरी गाउँपालिका १ मा सञ्चालित जय बैष्णु फर्निचर उद्योगमा चोरी गरेको आरोपमा उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो ।
गत चैत्र २१ गते राती जहदा गाउँपालिका ४ का रतन कुमार कोइरीले सञ्चालन गर्दै आएको उक्त फर्निचर उद्योगमा चोरी भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका ८ का २३ वर्षीय लक्ष्मी यादव, २२ वर्षीय अर्जुन मुखिया, २७ वर्षीय धर्मचन्द्र राय र २२ वर्षीय दीपेश कुमार राय रहेका छन् ।
उनीहरूको साथबाट रन्दा मेशिन १ थान, हेण्डकटर १ थान, हेक्सो मेशिन १ थान, एलइडी टिभी १ थान, मोबाइल १ थान, पानी तान्ने मोटर १ थान र विभिन्न हाते औजार सहित बरामद भएको छ ।
प्रहरीले उनीहरूलाई मंगलबार पक्राउ गरेको हो ।
प्रतिक्रिया