Logo

जोखिम बढ्दैछ जनजीवन ठप्प पर्ने स्थिति आउन सक्छ : प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्दै गएकाले सावधानी नअपनाए जनजीवन ठप्प पार्न पर्ने अवस्था आउन सक्ने बताएका छन् ।

आज नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिक साधारणसभामा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

उनले छिमेकी राष्ट्र भारतमा कोरोनाको सङ्क्रमित बढ्दै गएकाले नेपालमा पनि जोखिम बढेको भन्दै आम सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन् । उनले यस्तो अवस्थामा यति बेलै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउन सक्ने जिकिर गरेका छन् । जसका लागि भौतिक दुरी कायम गर्ने, मास्क लगाउने र हातमुख धुने लगायतका कार्य गर्न प्रधानमन्त्री ओलीले आग्रह गरेका हुन् । 

उनले भने ‘हामी सावधान भएनौँ भने, अहिलेदेखि दूरी कायम गर्ने, मास्क लगाउने गरिएन भने, कोभिड १९ को सन्दर्भमा बाध्य भएरै ठप्प पार्न पर्ने स्थिति आउन सक्छ, जनजीवनलाई ठप्प पनि नगरौँ  स्‍वास्‍थ्‍य मापदण्ड पालना गरौँ ।’

प्रकाशित मिति : चैत्र २६, २०७७ बिहीबार  ६ : ०७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।