बाँके, कोहलपुर नगरपालिका-११ बसपार्कस्थित लालिगुराँस होटलबाट २ थान संरक्षित वन्यजन्तु रेड पाण्डाको छाला सहित रोल्पा सुनछहरी गाउँपालिका-१ बस्ने ३२ वर्षीय खिमानसिंह रोका मगर समेत ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उक्त होटलको ७ नम्बरको कोठा तलासी गर्ने क्रममा उनीहरुलाई उक्त छाला सहित फेला पारी पक्राउ प्रहरीले जनाएको छ ।
प्रतिक्रिया