शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा योगदान पु-याएकालाई मानपदवी, अलंकारले विभुषित गरिन । विभुषित हुनेले पदक र विभुषित हुँदाको क्षणको तस्वीर सामाजिक सञ्जालमा छरपस्ट पार्दा पनि नेपालको आधिकारिक नक्सा भने गायब छ । संसदले अनुमोदन गरेको नेपालको नयाँ नक्सा पदकमा किन छैन ?
यसबारे सामाजिक सञ्जालमा धेरैले प्रश्न उठाइरहेका छन । नेपालले गतवर्ष मात्रै समेटेको नक्सामा सुदूरपश्चिमको दार्चुला जिल्लामा पर्ने कालापानी, लिपुलेकसहितको भूमि समेटिएको छ । यसबारे गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले गतवर्ष नै तयार गरिएको पदक भएकाले नक्सा नपरेको बताएका छन ।
गतवर्ष कोरोनाका कारण पदक वितरण रोकिएको थियो । नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ ।
प्रतिक्रिया