बिहीबार माओवादी केन्द्रको कारबाहीपछि पदमुक्त भएका ४ जानै मन्त्रीहरूले पुनर्नियुक्ति पाएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शितलनिवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा पुनर्नियुक्ति पाएका मन्त्रीहरू टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
उनीहरू चारै जनाले पुरानै मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
सङ्घीय सांसद नरहेका व्यक्तिलाई पनि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले ६ महिनाका लागि मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था छ।
प्रतिक्रिया